क्रेष्ट माइक्रो लाइफको आइपिओमा कति पर्यो आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

क्रेष्ट माइक्रो लाइफको आइपिओमा कति पर्यो आवेदन ?



काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गरेको आईपीओमा बुधबार साँझसम्म २३ हजार ९४६ जना आवेदकबाट ६ लाख ६८ हजार ५७० कित्ताका लागि निवेदन परेको छ ।

सिडिएसीका अनुसार ती आवेदकबाट ६ करोड ६८ लाख ५७ हजार रुपियाँको आवेदन परेको हो ।

कम्पनीले पहिलो चरणमा माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपियाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाइसकेको छ । सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपियाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।

लगानीकर्ताले माघ २९ गतेसम्म न्यूनतम १० कित्ताका र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासक तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि इक्राएनपी इस्युअर रेटिङ डबल बी प्राप्त गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित : १७ माघ २०८१, बिहीबार ०८:१८