दिनभर उकालो लागेको बजार किन अन्तमा अोरालाे लाग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दिनभर उकालो लागेको बजार किन अन्तमा अोरालाे लाग्यो ?



काठमाडौँ, ७ बैशाख । साताको अन्तिम दिन नेप्से परिसुचक समान्य ओरालो लागेको छ । बिहीबार दिनभर उकालो लागेको नेप्से परिसुचक सामान्य ओरालो लागेको हो ।  बुधबार नेप्से ३ दशमलव ६८ अंकले ओरालो लागेको हो । बुधबार इन्स्योरेन्स ,होटल र अन्य समुह बाहेक अरु सबै समुह ओरालो लागे ।  ठूला लगानीकोकर्ताको  चलखेलका कारण छिनछिनमै उतारचढाव हुने गरेको लगानी कर्ताहरुको बुझाइ छ ।

बुधबार नेप्से १६ सय ५७ मा आएर बन्द भएको छ । बुधबार इन्स्योरेन्स समुह ३३ दशमलव ७१ अंकले, हेटल समुह ७ दशमलव ६९ अंकले, र अन्य समुह ३ दशमलव ४७ अंकले उकालो लागेको छ भने विकास बैक समुह ८ दशमलव १३ अंकले, फाइनान्स समुह ७ दशमलव ३५ अंकले, बैकिड. समुह ६ दशमलव ३४ अंकले, उतपादनमुलक समुह ५ दशमलव ४६ अंकले  र जलविघुत समुह २ दशमलव ३५ अंकले ओरालो लागेका छन् ।

बुधबार कारोबारमा आएका १४३ कम्पनी बाट १ करोड ८१ लाख ७ हजार २ सय ४५ कित्ता शेयर बाट १ अर्ब ३८करोड ९२ लाख ६९ हजार ४सय १९ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार १०:२२