कामना सेवा विकास बैंकले ९% लाभांशसहित अग्राधिकार सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामना सेवा विकास बैंकले ९% लाभांशसहित अग्राधिकार सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल



काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य एक सय रूपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।

अग्राधिकार सेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

बैंकको पूरक पूँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक ९% लाभांश दर भएको (असञ्चिति) अग्राधिकार शेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन र उक्त सेयरहरु परिपत्र विधिबाट निष्काशन गरिने जनाइएको छ ।

उक्त निष्काशन सम्बन्धि सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकाली र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाद्धारा हस्ताक्षर गरिएको छ ।

प्रकाशित : १३ माघ २०८१, आईतवार १८:०२