टीभीएस मोटरको नेपालका लागि राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

टीभीएस मोटरको नेपालका लागि राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना



काठमाडौं । टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्निसियनहरु नेपालभर बाट छानिएका उत्कृष्ट हुन् । तिनले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्नीसियनहरूको क्षमता बृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनीधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेका छन् ।

यी शीर्ष ३० टेक्नीसियनहरू मध्य बाट पनि उत्कृष्ट ५को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

विश्वव्यापी स्तरमै दुईपांग्रे सवारी साधनको क्षेत्रमा अग्रणी कम्पनीका रुपमा परिचित टीभीएस मोटर्सले यो टेक्नीसियन भेटघाट विभिन्न देशका उत्कृष्ट टेक्नीसियनहरूलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ आयोजना गरेको हो ।

यो कार्यक्रम ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पु¥याउन लक्षित रहेको छ । प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्नीसियनहरूको चयन गरिएको छ ।

प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको श्रृंखलाले टेक्नीसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान, र ग्राहक सेवा सीपहरूको परीक्षा लिइएको थियो । प्रतियोगिता, सहभागीहरूको प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि मात्र नभई सहकर्मी र उद्योगकै अग्रणीहरूसँग प्रत्यक्षरुपमा सिक्ने उल्लेखनीय अवसर पनि हो ।

टीभीएस मोटर्सको उत्कृष्टताप्रतिको प्रतिबद्धता उच्च–गुणस्तरीय सवारी साधन निर्माणमा मात्र सीमित छैन । कम्पनीले सेवा सञ्जालको मामिलामा पनि समान स्तरको प्रदर्शन कायम राख्न सकियोस् भन्ने कुरामा विशेष ध्यान केन्द्रित गरेको छ । यस्ता कार्यक्रमहरू मार्फत, टीभीएस मोटर्सले बजारमा आफ्नो नेतृत्वलाई अझ बलियो बनाइरहेको छ । कुशल टेक्नीसियनहरूले पनि ग्राहक सन्तुष्टि र विश्वास कायम राख्न उल्लेखनिय भूमिका खेल्ने कुरालाई विशेष दृष्टिगत गरेको कार्यक्रम मार्फत प्रस्ट हुन्छ ।

सीप विकास तथा नवप्रवर्तनको प्रबद्र्धनका लागि गरिएको लगानी मार्फत टीभीएस मोटर्सले आफ्नो बजार नेतृत्वलाई अझ बलियो बनाउँदै गइरहेको छ । आयोजित प्रतियोगितामा नेपालका शीर्ष टेक्नीसियनहरूको सहभागिताले देशको अटोमोटिभ सेवा क्षेत्रमा बढ्दो क्षमता र दक्षताको प्रमाणपनि दिएको छ ।

प्रकाशित : १० माघ २०८१, बिहीबार १९:१६