महाप्रबन्धक थापाद्वारा पदभारग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महाप्रबन्धक थापाद्वारा पदभारग्रहण



काठमाडाैं । राष्ट्रिय सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक सुरेश थापाले पदभार ग्रहण गर्नुभएको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्ष खेम पाठक, संचालक टेकप्रसाद चौलागाई र निवर्तमान महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङको उपस्थितिमा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।


कार्यवाहक अध्यक्ष पोखरेलले आगामी चार बर्षे कार्यकाल सहकारी अभियानका लागि उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । पदभार ग्रहण गर्दै महाप्रबन्धक थापाले आगामी १० दिनभित्र सहकारीमा पछिल्लो समय सहकारी अभियानमा सिर्जना भएका नीतिगत व्यवस्थाका विषयमा आवश्यक छलफल गरी साझा धारणा तय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पदभारग्रहण गरेपछि महासंघका कर्मचारीहरुले महाप्रबन्धक थापालाई शुभकामना व्यक्त गरेका थिए । काभ्रे पनौती नगरपालिका निवासी थापा सन् २०१४ नोभेमबरमा अधिकृतका रुपमा महासंघमा प्रवेश गर्नुभएको थियो । सन् २०२२ मा उहाँ नायव महाप्रबन्धमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित : २ माघ २०८१, बुधबार १७:४५