नेपाल बैंकले लाभांश नदिने, बनायाे सेयरधनीको हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकले लाभांश नदिने, बनायाे सेयरधनीको हात खाली



काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

प्रकाशित : २ माघ २०८१, बुधबार १२:१०