तीन बर्षभित्र भूमि समस्या स्थायीरुपमा समाधान हुन्छ : मन्त्री अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

तीन बर्षभित्र भूमि समस्या स्थायीरुपमा समाधान हुन्छ : मन्त्री अधिकारी



काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन बर्षभित्र भूमि समस्या स्थायीरुपमा समाधान हुने बताएका छन् । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुको सपथ ग्रहण कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले भूमि क्षेत्रमा भएका महत्वपुर्ण कामहरुको जानकारी गराउदैं अहिले गठन भएको भूमि आयोग अन्तिम आयोग रहने उल्लेख गदैं आयोगको ३ बर्षे कार्यकालमा भूमि समस्या स्थायीरुपमा समाधान हुने बताएका हुन् ।

भूमि र सहकारी क्षेत्रको समस्या समाधान बर्तमान सरकारको उच्च प्राथमिकतामा रहेकाले अध्यादेशमार्फत भूमि ऐन र सहकारी नियमन प्राधिकरण गठन गरिएको उल्लेख गरे । संसदमार्फत ऐन ल्याउदाँ लामो समय लाग्ने र समस्या समाधानमा बिलम्व हुने देखेर सरकारले फाष्ट्रयाकमार्फत ऐन ल्याएको स्पष्ट पारे ।

भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुलाई ३ बर्षभित्र सबै जिल्लामा देखिएका भूमि समस्या स्थायीरुपमा समाधान गर्ने गरी काम गर्न मन्त्री अधिकारीले निर्देशन दिए । कार्यक्रममा ७१ जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुलाई मन्त्री अधिकारीले सपथ गराएका थिए ।

पहिलो चरणमा प्राविधिक कारणले सपथ हुन नसकेका ६ जिल्ला र ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका सदस्यहरुको सम्वन्धीत प्रदेशमै सपथग्रहण कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २९ पुष २०८१, सोमबार १७:०१