माघ महिनाका लागि बैंकहरूले तोके नयाँ ब्याजदर, कसको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माघ महिनाका लागि बैंकहरूले तोके नयाँ ब्याजदर, कसको कति ?



काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कुल २० वटा बैंकमध्ये १७ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यस्तै २ वटाले घटाउदा एउटाले मात्रै बढाएको छ ।

कुन बैंकको ब्याजदर कति ?

नबिल बैंक

माघ महिनाका लागि नबिल बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एनआईशी एशिया बैंक

एनआईसी एशिया बैंकले माघ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक लिमिटेड

बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर स्थिर राखेको छ भने सस्थागतर्फको घटाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ४.१५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

प्रभु बैंक

प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंक

बैंकले पनि माघ महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप स्थिर राखेको छ भने संस्थागततर्फको बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । पुस महिनामा संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंक

सानिमा बैंकले माघ महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले माघ महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । पुस महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिएको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले माघ महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंक

बैंकले माघ महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनएमबी बैंक

बैंकले पनि माघ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंक

बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

कृषि विकास बैंक

बैंकले असोज महिनाका लागि ब्यक्तिगत तर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रकाशित : २९ पुष २०८१, सोमबार १४:१३