ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर, कर्जामा कति? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर, कर्जामा कति?



काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसअनुसार बैंकले माघ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ।

बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । पुस महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यहि ब्याजदर दिएको थियो ।

माघ महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ४.५० प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५ प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ५.७५ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.५० र २ वर्ष र सोभन्दा माथिका लागि ४.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरिएको छ ।

प्रकाशित : २९ पुष २०८१, सोमबार १२:०७