दोहोरो अंकले घट्याे सेयर बजार, करिब चार अर्बकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले घट्याे सेयर बजार, करिब चार अर्बकाे काराेबार



काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ को विन्दुमा कायम भएको हो । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स ४.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंक घटेको छ।

आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सयर मूल्य घटेको छ । आजको दिन ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ९९ करोड माथिको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको २० करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साथै, सिन्धु विकास बैंकको १८ करोड ८० लाख रुपैयाँ, सिंगटी हाइड्रोको १६ करोड ४९ लाख रुपैयाँ, हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने, सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ।

प्रकाशित : २८ पुष २०८१, आईतवार १५:१९