बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको छ। निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब तरलता खिच्ने भएको हो।

राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने भएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ। आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २० माघमा भुक्तानी हुनेछ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

प्रकाशित : २८ पुष २०८१, आईतवार १०:२८