काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएकाे छ। संस्थाको सञ्चालक समितिको पुस २५ गते बिहीबार बसेको ९२ औं बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गर्दै सेयरधनीलाई निराश बनाएको हो ।
बैठकले संस्थाको आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरु स्वीकृत गरी २०८१ असार मसान्तसम्म वितरण योग्य मुनाफालाई सञ्चित गरी आव २०८०/८१ को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
साथै, सञ्चालक समितिबाट पारित आव २०८०/८१ को वार्षिक वित्तीय विवरणहरु साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।
Comment