एनआइसी एसिया बैंक तीन कम्पनीको १९ करोड भन्दा बढीको सेयर बिक्री गर्दै, क-कसले आवेदन दिन मिल्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनआइसी एसिया बैंक तीन कम्पनीको १९ करोड भन्दा बढीको सेयर बिक्री गर्दै, क-कसले आवेदन दिन मिल्छ ?



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६०कित्ता,सीआईटीको ५० हजार कित्ता र सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता गरी कुल ९ लाख ४९ हजार ७८५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो।

सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २५३ रुपैयाँ, सीआईटीको ७०३ रुपैयाँ र सूर्यज्योति लाइफको १५९ रुपैयाँ निर्धारण गरिएको छ। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माघ ४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सूर्यज्योति र सूर्योदय वोमीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता र सीआईटीका लागि १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रकाशित : २५ पुष २०८१, बिहीबार १३:४७