समता घरेलु लघुवित्तको लाभांश घोषणा, बाेनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बाेनस र नगद कति ?



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको पुस २४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.६३१५७९० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश पारित गर्नेछ।

प्रकाशित : २५ पुष २०८१, बिहीबार १०:४२