महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द्रलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द्रलाई सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंक दमकले अटिजम भएका विधार्थीहरुको शैक्षिक क्रियाकलापहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको छ ।

आज सरस्वती माध्यमिक विद्यालय, दमक–०९, इटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रमा आयोजित एक कार्यत्रमका बिच विद्यालयको प्रधानध्यापकलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विधार्थीहरु यस कार्यबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : २४ पुष २०८१, बुधबार १५:४६