सामसङ ‘ग्यालेक्सी एस८’ र ‘ग्यालेक्सी एस८ प्लस’ भित्रिए, यस्ता छन् विशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामसङ ‘ग्यालेक्सी एस८’ र ‘ग्यालेक्सी एस८ प्लस’ भित्रिए, यस्ता छन् विशेषता



काठमाडौं ६ बैशाख ।  सामसङ इलेक्ट्रोनिक्सको नयाँ उत्पादनहरु ‘ग्यालेक्सी एस८’ र ‘ग्यालेक्सी एस८ प्लस’ नेपालमा भित्राएको छ । राजधानीमा बिहीबार एक कार्यक्रम गरी दुवै नयाँ स्मोर्ट फोनहरु लन्च गरेको हो ।

नयाँ डिजाइन र थुप्रै नयाँ विशेषतासहितका यी फोनहरुको मूल्य एक लाख रुपियाँ नजिक छ । ‘ग्यालेक्सी एस८’ लाई ८८ हजार नौसय रुपियाँ पर्छ भने ‘ग्यालेक्सी एस८ प्लस’लाई ९८ हजार नौसय रुपियाँ पर्छ ।

यस्ता छन् विशेषताः
सामसङ इलेक्ट्रोनिक्सका अनुसार असीमित संभावना, नयाँ डिजाइन र विशेषतासहितका यी फ्ल्यागसीप स्मार्टफोनहरु प्रयोगकर्तामैत्री छन् । यी स्मार्टफोनले आफ्नो आश्चर्यजनक बेजेल–लेस ड्युल इज इन्फिनिटी डिस्प्लेद्धारा सिनेमाटिक भ्यूइङको अनुभव दिन्छ । साथै यिनमा लो–लाइट क्यामेरा र व्यक्तिगत सहायकका रुपमा बिक्सबी जडित छन्  ।

ग्यालेक्स एस८ ले सानदार डिजाइन र अर्थपूर्ण नवीनताद्धारा प्रयोगकर्ताको जीवन बदल्ने परम्परालाई अगाडि बढाएको सामसङ नेपालको भनाई छ ।

विश्व बजारमा यसअघि नै आइसकेका यी फोनहरु बल्ल नेपाल भित्रिएका हुन । यद्यपि नेपाली बजारमा आउन अझै केही दिन कुर्नुपर्ने तर बुकिङ भने अहिलेदेखि नै गर्न सकिने जनाइएको छ ।

ग्राहकले यी स्मार्टफोन किन्दा एनसेलको सिमसँगै आठ महिनासम्म हरेक महिना आठ जिबी डेटा सित्तैमा पाइने छ भने छ महिनासम्म बिमासमेत गरिएको छ । एप्पलको आएफोन ७ र ७ प्लससँग प्रतिश्पर्धा गर्न ल्याइएका यी फोनहरुमध्ये ग्यालेक्सी एस ८ मा ५.६ इन्च तथा एस ८ प्लसमा ६.२ इन्चको ‘इन्फिनिटी डिस्प्ले’ रहेको छ।

दुवैमा आइफोन ७ को जस्तै गोरिल्ला ग्लासको प्रयोग गरिएको छ। पानी र धूलो छिर्न नसक्ने एस ८ र एस तीन हजार एमएएच र एस ८ प्लसमा ३५ सय एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ।

साथै, दुवै स्मार्टफोनमा १२ मेगापिक्सलको रियर क्यामेरा र आठ मेगापिक्सलको फ्रन्ट क्यामेरा छन्। दुवैमा चार जिबी र्याम रहेको छ।

प्रकाशित : ६ बैशाख २०७४, बुधबार ११:१३