काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता,कर्मचारी र पोलिसी होल्डरस्लाई पोखरामा रहेको अन्नपुर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपुर्ण केबलकार बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनि र अन्नपुर्ण केबल कारको तर्फबाट संञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन ।
Comment