काठमाडौं । भूकम्पपछि बीमा दाबी गर्नेको संख्यामा केही समय बढेपनि अहिले सामान्य रहेको छ । बुधबारसम्म बीमा दाबी १३ अर्ब ७९ करोड ६७ लाख रुपैयाँ बराबारको परेको छ । यसअघि १४ अर्ब ३ करोड ८४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको थियो ।
बीमा समितिका अनुसार बुधबारसम्म १५ हजार ३ सय ३३ वटा बीमा दाबी परेको छ । १ हजार २४ वटा दाबी नलाग्ने छन् भने २ हजार ६७ वटा दाबीको ६३ करोड ८४ लाख रुपैयाँ भुक्तानी भइसकेको समितिले जनाएको छ ।
समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले बीमा दाबीमा फेरबदल भइरहने बताए । अध्यक्ष केसीले ‘बीमा दाबी हरेक दिन फेरबदल भइरहन सक्छन्’ दाबी गर्नेले बढी गर्ने तर सेटलमेन्ट हुँदा कम भएकाले बीमा दाबी रकम तथा संख्या घटेको हो ।
उनका अनुसार १ हजार २४ वटा दाबी नलाग्ने संख्या रहेका छन् । १७ वटा बीमा निर्जीवन कम्पनीहरुले उपलब्ध गराएको विवरणअनुसार समितिले यो नतिजा सार्वजनिक गरेको हो । आजको समाचारपत्रबाट ।
Comment