विजय माल्या पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

विजय माल्या पक्राउ



नयाँ दिल्ली, ५ बैशाख । करिब १३ महिनादेखि फरार रहेका भारतीय चर्चित व्यवसायी विजय माल्या पक्राउ परेका छन्। मंगलबार लण्डनमा   उनि पक्राउ  परेका  हुन । माल्या पक्राउ परे लगत्तै  भारत सरकारले सुपुर्दगी गर्न माग गरेको छ।  माल्या मदिरा व्यवसायी माल्या भारतीय बैकहरुको ठूला ‘डिफल्टर’ हुन्।

माल्याले भारतीय १७ बैंकको करिव ९० अर्ब भारु ऋण तिर्न बाँकी छ। गत बर्षको मार्चबाट उनी भारत छोडेर हिँडेका थिए।  उनलाई विश्वले ‘किंग अफ गुड टाइम्स’ भनेर चिन्छ। विदेश जान समेत प्रतिवन्ध लाग्ने भएपछि उनी भारत छाडेर तेस्रो मुलुक भागिरहेका थिए।

प्रकाशित : 18 April, 2017 10:38 am