काठमाडौँ । स्युचाटार क्रिकेट लिग इन्डोर टी–१० क्रिकेट प्रतियोगितामा शनिबार नवज्योति युथ परिवार, ग्रेट हिमालय क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बीएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन् ।
पहिलो खेलमा नवज्योति युथले दोस्रो जित दर्ता गर्ने क्रममा हसनटार युथ क्लबलाई २६ रनले हरायो । ९१ रनको लक्ष्य पाएको हसनटारलेले १० ओभरमा ६४ रनमा सबै विकेट गुमायो । विज्ञान गौतमले ४ विकेट लिए ।
ग्रेट हिमालयले थानकोट वारियर्सलाई २० रनले हरायो । ५९ रनको लक्ष्य पाएको थानकोटले ३८ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच क्रिस कार्कीले २ विकेट र १५ रन बनाए । अर्को खेलमा ग्रेट हिमालयले
सानो स्वर्ग नेपालमाथि ७२ रनको जित पायो । ९२ रनको लक्ष्य पाएको सानो स्वर्गले १९ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच सक्षम बस्ताकोटीले ३७ रन बनाए ।
त्यस्तै सानो स्वर्गले पञ्चायन युथ क्लबमाथि २ विकेटको जित पायो । ७३ रनको लक्ष्य पाएको पञ्चायनले अन्तिम बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच धीरजले ३ विकेट र २५ रन बनाए ।
बीडीएसले कालिका वारियर्सलाई ३९ रनले हरायो । ७८ रनको लक्ष्य पछ्याउने क्रममा कालिकाले ३८ रनमा सम्पूर्ण विकेट गुमायो । प्लेयर अफ द म्याच रवि शाहले ३१ रन बनाए ।
क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) ले नवज्योति युवा क्लबलाई ७ विकेटले हरायो । ४१ रनको लक्ष्य पाएको सीईसीले ४.२ ओभरमा विकेट नगुमाई पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित अभिनाश बस्यालले ३ विकेट लिए ।
किंग्स क्रिकेट एकेडेमीले लगातार तेस्रो जित दर्ता गर्यो । टोलीले टिम रेन्सुलाई १० रनले हरायो । ६२ रनको लक्ष्य पाएको रेन्सुले ५१ रन बनायो । प्लेयर अफ द म्याच घोषित प्रसिद्ध श्रेष्ठले १३ रन र एक विकेट लिए । जितपछि किंग्सले समुह ‘बी’ बाट क्वाटरफाइनल पक्का गरेको छ ।
Comment