काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनासम्ममा कुल १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्। यी कम्पनीहरुले समीक्षा अवधिसम्ममा ११ लाख ३७ हजार २७२ वटा बीमा पोलिसी बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
मंसिरमा मात्रै १४ वटा निर्जीवन बीमा कम्पनीले दुई लाख ४० हजार ३४१ वटा बीमा पोलिसी बिक्री गरी तीन अर्ब आठ करोड पाँच लाख रुपैंया बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले दुइ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले एक अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, आइजिआई प्रुड्न्सियल इन्स्योरेन्सले एक अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले एक अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले एक अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले एक अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले एक अर्ब दुइ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इनस्योरेन्सले ९९ करोड ७४ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योुरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ ।
Comment