एफपीओ निष्कासन गर्दै विजय लघुवित्त,डाक्यो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

एफपीओ निष्कासन गर्दै विजय लघुवित्त,डाक्यो साधारण सभा



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । यसका लागि लघुवित्तले आगामी पुस २९ गते साधारण सभा डाकेको हो।

साधारण सभा धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा दिनको साढे १२ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ।

उक्त सभा एफपीओ निष्कासन गर्ने,संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गने र सर्वसाधारण र संस्थापक सेयर स्वामित्व परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०÷८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ८ पुष २०८१, सोमबार १३:०१