काठमाडौं । साना तथा मझौला संगठित संस्था(एसएमई)को धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ बन्ने भएको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो नियमावली बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको हो ।
एसएमईको नियमावलीको मस्यौदा स्वीकृतिका लागि धितोपत्र बोर्डले डेढ वर्षअघि अर्थ मन्त्रालयमा पेस गरेको थियो । तर नयाँ अध्यक्ष आएपछि पनि नेप्से तथा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय नहुँदा प्रस्तावित एसएमई प्लेटफर्म अघि बढ्न सकेको थिएन ।
अहिले सेयर बजारमा साना–ठूला सबै कम्पनीको कारोबार एउटै प्लेटफर्ममा भइरहेका छन् । तर अब एसएमई इन्डेक्समार्फत साना तथा मझौता कम्पनीको कारोबार हुनेछ ।
एसएमई प्लेटफर्ममार्फ साना तथा मझौला उद्योगले सरल र सहज तरिकाले आफूलाई आवश्यक पूँजी जुटाउन सक्नेछन् । यसबाट साना तथा मझौला उद्योगको विस्तार र विकासमा सहयोग पुग्नेछ । यस्ता कम्पनीले प्रिमयिम मूल्यमा समेत आईपीओ जारी गर्न सक्नेछन् ।
मस्यौदाअनुसार एसएमई प्लेटफर्ममा अधिकतम २५ करोड रुपैयाँ चुक्तापूँजी भएका कम्पनी दर्ता हुन सक्नेछन् । यस्तै एसएमई कम्पनीले जारीपूँजीको न्यूनतम ३० देखि अधिकतम ४९ प्रतिशतसम्म आइपीओ निष्कासन गर्न सक्नेछन् ।
Comment