नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३ औं वार्षिक साधारण सभाको ‘काउन्टडाउन’ सुुरु भैसकेको छ । पुस ५ र ६ गते हुने लुम्बिनी प्रदेशको बुटवल साधारण सभाको समीप छौं हामी । साकोस अभियानको एकमात्र विषयगत केन्द्रीय संघको सर्वोच्च एवम् शक्तिशाली सभा भएका कारण पनि मुलुकको सहकारी क्षेत्रको स्वाभाविक ध्यान बुटवल केन्द्रीत हुँदैछ । मेरो नेतृत्वमा नेफ्स्कून सञ्चालक समिति निर्वाचित भैसकेपछिको पहिलो बार्षिक साधारण सभा भएका कारण पनि सम्पूर्ण सञ्चालक समिति यो सभालाई लिएर त्यति नै उत्साहित छ जति हाम्रा समस्त सदस्य संघ संस्थाहरू छन् ।
बुटवल साधारण सभालाई साँच्चिकै विशेष बनाउने हाम्रो संकल्प हो । त्यही अनुरूप तयारी भैरहेका छन् । यो पटकको साधारण सभा लर्निङ सभा समेत हुनेछ । सहकारी र साकोस अभियानका समसामयिक विषयहरूको बहस बुटवलमा छेडिनेछ । साकोस अभियानले खोजेको बाटो यो सभाले पहिल्याउनेछ । अभियानलाई अझ एकढिक्का बनाउने छ यो सभाले । हाम्रा प्रगतिहरू सदस्यहरूको तराजुमा मापन गर्ने, सदस्यहरूले औंल्याइदिएका कमजोरीहरू मसिनो गरी केलाउने, गर्त आर्थिक वर्षका कामहरूको सदस्यहरूद्वारा अनुमोदन गराउने र सदस्यहरूकै राय सल्लाह र सुझावका आधारमा स्पष्ट आगामी मार्गचित्र कोर्ने काम यो साधारणसभामार्फत हुनेछ । सँगै डेढ दशकभन्दा बढी समयपछि काठमाडौंबाहिर प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक वैभवशाली बुद्धभूमिमा हुने सभाको अवसर पारेर आन्तरिक पर्यटनमा साकोस अभियान सहयोगी बन्नेछ । प्रगाढ नेटवर्किङको अवसर पनि यसले सहभागी र सरोकारवालाहरु बीच जोड्नेनै छ ।
नेफ्स्कूनको समग्र सुशासनलाई सबलीकरण गर्दै साकोस अभियानको सुदृढीकरणमार्फत छवि सुधार गर्ने प्रतिबद्धता पुष्टि गर्ने काम बुटवल सभाले गर्नेछ । यीनै प्रतिबद्धतासहित सपथ लिएको नेफ्स्कून सञ्चालक समितिले यसबीच निभाएका भूमिका, पुरा गरेका चुनावी वाचा, नवीनता, बहसपैरवी र सांगठनिक सुधारह?को फेहरिस्त पनि बुटवल साधारणसभामा प्रस्तुत गर्दै सदस्यहरूबाट ‘भ्यालिडेट’ गरिनेछ । हाम्रो टीमको पहिलो कार्यनै बचत तथा ऋण सहकारी संस्था (साकोस) हरूलाई संस्थागत गर्दै सबै साकोसहरू,संघहरू र तीनै तहका सरकार, साझेदारहरू र सरोरकारवालाहरूसँग सहकार्य र समन्वय गर्ने, सम्बन्धलाई बलियो बनाउने दिशामा केन्द्रीत रह्यो ।
सबै प्रारम्भिक संस्था, जिल्ला तथा प्रदेशस्तरीय संघहरू सँग सहकार्य गर्ने र संघ साकोस एकरूपता प्रणालीलाई संस्थागत गर्दै बचत ऋण मार्फत साकोस सदस्यहरू(सहकारीका वास्तविक सदस्य) को समृद्धिका लागि काम गर्ने एक मात्र फेडेरेशन नेफ्स्कूनमार्फत तीनै तहका सरकारसँग बलियो सहकार्य भएको छ । स्थानीय, प्रदेश र संघीय तहमा सहकार्य गर्दै सहकारी मार्फत समृद्धिको नेपाल सरकारको कार्यक्रम सफल बनाउने कार्यका लागि ३३ औ वार्षिक साधारणसभा एउटा टर्निङ पोइन्ट बन्ने बिश्वास लिएका छौं ।
साकोससँग साझेदारी, संघसँग साझेदारी, केन्द्रसँग साझेदारी कार्यक्रम र स्तरीकरण कार्यक्रमह?लाई जोडेर अहिलेको गैरस्थलगत सुपरिवेक्षण (अफसाइट मनिटरिङ) अनि स्थिरीकरण कोषलाई जोखिम विश्लेषण गर्ने प्रभावकारी टुलको रूपमा विकास गरिएको छ । अभियानको जगेडा कोषको रुपमा सहकारी ऐनको दफा १०३ बमोजिम खडा भएको बचत तथा ऋण सहकारीहरूको स्थिरीकरण कोष सबल बन्दैछ । कोषलाई अभियानको रक्षा कवचको ?पमा विकास गर्न नयाँ सञ्चालक समिति क्रियाशील छ । कोषको स्रोत परिचालन गरी प्राप्त प्रतिफलबाट आबद्ध संस्थाहरुको हितमा गैर स्थलगत सुपरिवेक्षणको काम सुरू भएको हो । तरलता सापटी लगायतका सेवाहरू सुचारू गरिएको छ । स्थिरीकरण कोष अभियानको कोष बन्दैछ ।
त्यसैगरी, उद्यमशीलता प्रवद्र्धनका लागि अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) सँगको दिगो रणनीतिक साझेदारीमार्फत तीन दर्जन बढी संस्थामा व्यवसाय विकास सेवा डेस्क (बीडीएस डेस्क) स्थापना भएका छन् । सदस्य संस्थाहरू आफना सदस्यहरूलाई स्वरोजगारी, उद्यमशीलता, सीप, पुँजी र प्रविधिसँग जोड्ने यस्तो कामले सहकारीप्रति समुदायको विश्वास पुनर्जागृत गराउन भरमग्दूर सहयोग गरेको प्रतिक्रिया जनाएका छन् । यसले हामीलाई उत्साहित बनाएको छ ।
कृषि र पर्यटन प्रवर्धनका लागि नयाँ वस्तु तथा सेवा उत्पादनको काममा साकोसहरू जोडिएका छन् । यसैगरी, हामीले जर्मनीको बचत बैंक डीएसआईकेसँग पनि दीघकालीन सहकार्य गरी वित्तीय साक्षरता, उद्यमशीलताका क्षेत्रमा काम थालनी भएका छन् । मुख्य कुरा संघका वित्तीय सूचकहरूलाई स्वस्थ्य बनाउने पहिलो प्रयास हामीले गरेका छौं । यीनै विषय बुटवलमा बहस हुनेछन् ।
अभियानको सशक्तिकरण र सञ्जालीकरणका संघले काम गरेको छ । सञ्जाल सहकार्यले मूर्तरूप लिएर अघि बढेको छ । नेफ्स्कून मात्र यस्तो संघ हो जसले सञ्जालका अरू सदस्य संघहरूसंग व्यवसायिक साझेदारीमा काम गरेको छ । सदस्यहरूकाे अधिकतम हितलाई केन्द्रमा राखि व्यावसायिक दोहोरोपन न्यूनीकरण गरी साझा कार्यक्रममार्फत सदस्यहरूमा जान सञ्जाल साझेदारीको अवधारणा संघले कार्यान्वयन गरेको छ । पाँच हजार प्रत्यक्ष सदस्यहरूकाे साझा सञ्जालको रूपमा अभियान सुदृढीकरणका लागि कार्यरत एक मात्र केन्द्रीय बिषयगत संघ नेफ्स्कून साकोस अभियानको साझा घर हो । मुलघर हो । साकोस अभियानको साझा मार्गदर्शक संघ हो । यसले गरेका यस्ता कामहरूबारे बुटवल साधारण सभामा बाक्लो छलफल हुनेछ ।
नेफ्स्कूनको वर्तमान सञ्चालक समितिले शीर निचो हुने कुनै काम गरेको छैन । नचाहिने र नहुने काम हामीले गरेका छैंनौं । बिगार्ने र भत्काउने काम गरेका छैनौं बरू बिग्रेको र भत्केकोलाई सपार्न अहोरात्र लागेका छौं । यो हाम्रो कामले देखाएको छ, जसको नतिजा बुटवल साधारण सभामा प्रस्तुत हुने प्रतिवेदनहरूमार्फत झल्किेनछन् ।
यी यावत् विषयह?मा हामी बुटवलमा बहस गर्छौं, मन्थन गर्छौं, सदस्यका राय, सल्लाह, सुझाव सुन्छौं, रचनात्मक र सृजनात्मक सुझावहरूलाई साझा बनाइ लागू गर्छौं । सदस्य, सरोकारवाला निकायहरू र अभियानको आँखामा वास्तविक सहकारीको छवि निर्माण गर्ने काममा वर्तमान सञ्चालक समितिले आफ्नो सामथ्र्यले भ्याएसम्म काम गरेको छ ।
यही वास्तविकता हामी सदस्य सामू राख्छौं । सहकारी अभियानप्रति नै नकारात्मकता विकास गर्ने गरी भैरहेका कामह?को एकजुट भएर बुटवल साधारणसभाले ऐक्यबद्धता जाहेर गर्नेछ । प्रज्ञा भवनबाट बीआईसीसीसम्मको यात्राको दौरान थुप्रै माइलस्टोन हासिल भएका छन् । तिनै माइलस्ष्टोनहरू बुटवल साधारणसभाका मुख्य एजेण्डा हुनेछन् ।
Comment