एनएमबि बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनएमबि बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने



काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । 

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । अघिल्लो आवको मुनाफाबाट पनि बैंकले लाभांश वितरण गरेको थिएन । बैंकले २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

प्रकाशित : २३ मंसिर २०८१, आईतवार १६:५०