काठमाडौं । हुन्डाई मोटर समूहले ब्याट्री, विद्युतीकरण अनुसन्धानमा आईआईटीसँग साझेदारी घोषणा गरेको छ ।
ब्याट्री र विद्युतीकरणको क्षेत्रमा सहयोगात्मक अनुसन्धान प्रणाली स्थापना गर्न तीनवटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीसंग हुन्डाई मोटर समूहले साझेदारीको घोषणा गरेको हो ।
संस्थानहरूमा आईआईटी दिल्ली, आईआईटी बम्बे र आईआईटी मद्रास समावेश छन् । आईआईटी दिल्लीभित्र स्थापित हुण्डाई सेन्टर अफ एक्सलेन्स, हुन्डाई मोटर समूहको प्रायोजन मार्फत सञ्चालन हुनेछ ।
Comment