काठमाडौं । लक्ष्मी प्रिमियम मोटर्सले नेपालको सबैभन्दा महँगो लक्जरी गाडी बिक्रि गरेको छ । नेपाल भित्र्याएको एकहप्ताभित्र BMW X7 xDrive 40i बिक्रि गर्न सफल भएको छ ।
नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i बिक्री गरेको हो । यो मोडल गत कात्तिक २९ गते नेपाल आयात गरिएको कम्पनीले बताएको छ ।
अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबुत, सुरक्षा, शक्ति र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो । यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रष्ट रूपमा उजागर गरेको छ ।
कम्पनीले जनाए अनुसार BMW X7 xDrive 40i को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ ।
Comment