रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च



काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ । ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्डर मार्स ग्रे कलरमा उपलब्ध हुनेछ ।

यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एपर आयल कुल्ड गुन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ । यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिडले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिन्छ ।

नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् । बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेक संग टिवीन्स पिस्टन फ्लोटिङ्ग क्पलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेक संग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अरु बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ ।

प्रकाशित : १३ मंसिर २०८१, बिहीबार १७:४०