काठमाडौं ३१ चैत । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १४ करोड रुपैयाँको सेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीयको लागि ५ लाख ६० हजार कित्ता र सर्वसाधारणको लागि ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।
९.९ मेगावाटको इवा खोला हाइड्रोइलेक्ट्रिक पावर आयोजना निर्माण गरिरहेको कम्पनीले यो आयोजनाको लागि नै पुँजी संकलन गर्न लागेको हो ।
जुलाई २०१८ मा आयोजना सञ्चालन गर्नुपर्ने भएको कम्पनीले ६५ प्रतिशत कर्जा र ३५ प्रतिशत सेयर लगानीमा आयोजना निर्माण गरिरहेको हो । आयोजनाको प्रक्षेपित लागत १ अर्ब ६० करोड रुपैयाँ बराबर रहेको छ ।
Comment