इनड्राइभको “इनड्राइभ कम्फर्ट” फिचर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

इनड्राइभको “इनड्राइभ कम्फर्ट” फिचर सार्वजनिक



सवारीको अनुभवलाई नयाँ उचाइमा उचाल्दै इनड्राइभले नेपालमा नयाँ “इनड्राइभ कम्फर्ट” फिचर सार्वजनिक गरेको छ । सोमबार राजदानी काठमाडौं एक समारोहको विच इनड्राइभले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ “इन ड्राइभ कम्फर्ट“ सुविधा सुरु गरेको घोषणा गरेको हो ।

सवारीको अनुभव बढाउन डिजाइन गरिएको इनड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू र थप ठाउँसहितको प्रिमियम सवारी साधनहरूमा पहुँच प्रदान गर्ने जनाइएको छ ।

इनड्राइभ दक्षिण एशियाको वरिष्ठ मार्केटिङ प्रबन्धक अविक कर्माकरले ग्राहकहरूको आवश्यकता पूरा गर्न सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेको बताए ।

“इनड्राइभमा, हामी हाम्रा ग्राहकहरूको आवश्यकता पूरा गर्ने सवारी विकल्पहरू प्रदान गर्न समर्पित छौं, चाहे त्यो किफायती, सुविधा वा थप आराम हो । नेपालमा इनड्राइभ को लागि एक रोमाञ्चक विकास हामी हाम्रा विशिष्ट आवश्यकताहरू पूरा गर्ने अनुकूल सवारी विकल्पहरू प्रदान गर्न प्रतिबद्ध छौं” कर्माकरले भने ।

प्रकाशित : २६ कार्तिक २०८१, सोमबार १५:१३