भूकम्प पीडितले पाउने ट्याक्सी चुनाबले गर्दा रोकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भूकम्प पीडितले पाउने ट्याक्सी चुनाबले गर्दा रोकियो



काठमाडौ ३१ चैत।स्थानीय तह निर्वाचनका कारण भूकम्प पीडितलार्इ चलाउन दिइने ट्याक्सी संचालनको अनुमति सरेको छ।

शनिबार गोलाप्रथाबाट १५ सय जनालार्इ काठमाडौंमा ट्याक्सी संचालन गर्न दिने समय तोकिएको भएपनी निर्वाचनका कारण तयारी परा गर्न नसकेको ले अब जेठ १३,१४ र १५ गतेको लागि सारिएको छ ।
विभागका प्रवक्ता टोकराज पाण्डेले शनिबार गोलाप्रथा गरिने मिति तय भएपनि कर्मचारी निर्वाचनमा खटिन थालेकोले सारिएको बताए।सरकारले भूकम्प प्रभावित १४ जिल्लाका वासिन्दालार्इ काठमाडौंमा ट्याक्सी चलाउन अनुमति दिने निर्णय गरेको थियो।भूकम्प पीडितलार्इ ट्याक्सी संचालन अनुमतिको आवेदन खुला गर्दा १ लाख ४८ हजारले आवेदन दिएका थिए।
विभागले गत फागुनमै ती सम्पुर्ण आवेदकहरुको पुस्तिका प्रकाशन गरेर सम्बन्धित जिल्लामा पुस्तिका पठाइसकेको छ। आवेदकले सम्बन्धित जिल्लामा आफ्नो नाम परेको वा नपरेको हेरेर,गल्ती भएका ठाँउमा सच्याएर पठाएकोलार्इ समेटेर पुस्तिका प्रकाशन समेत गरिसकेको छ।

प्रकाशित : ३१ चैत्र २०७३, बिहीबार ०६:२१