सिप्रदी ट्रेडिङद्वारा १० वटा TATA LPO1622/62 BS6 Magna Bus हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अटो

सिप्रदी ट्रेडिङद्वारा १० वटा TATA LPO1622/62 BS6 Magna Bus हस्तान्तरण



काठमाडाैं। नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पत्थरडाँडा, रूपन्देहीमा आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न TATA LPO1622/62 BS6 Magna बसहरू त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको छ।

त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालिजस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो ।

कम्पनीबाटै जडान गरेर आएका ४४ वटा अल्ट्रा लक्जरी फ्युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राका लागि सञ्चालनमा आउने छ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरू अझै बढाउने सोच रहेको जनाएका छन्।

प्रकाशित : २० कार्तिक २०८१, मंगलवार १७:१६