जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ३१ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले गत कार्तिक २ गतेदेखि कार्तिक १२ गतेसम्म विभिन्न ६ स्थानमा एकाइगत सभा आयोजना गरी कार्तिक १४ गते संस्थाको कार्यालय मैनापोखरीमा निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट कार्यबाहक अध्यक्ष गोपालध्वज श्रष्ठले प्रतिवेदन प्रस्तुत गर्दै २०५० सालमा ३४ जना मिलेर स्थापना भएको जनसचेतन साकोस विविध जटिलताहरु पार गर्दे स्वर्णिम भविष्य निर्माणको बाटोमा अविचलित भएर अघि बढिरहेको बताए । सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक स्तर अभिविृद्धि गरी समुन्नत समाजको निर्माणका लागि संस्थाको छैटौं रणनीतिक व्यवसायिक योजनाले ‘ प्रविधियुक्त प्रतिस्पर्धी र सुरक्षित सहकारी संस्था’ को परिकल्पना गरेको उनले जनाए ।
संस्थाले सदस्यहरुलाई वित्तीय सेवा बाहेक पनि सदस्य सुरक्षा कोष, सामाजिक संस्कार खर्च, जनसचेतन आजिवन सहारा, मनिट्रान्स्फर, गरिबसँग जनसचेतन, जेहेन्दार छात्रवृत्ति, औषधोपचार आर्थिक सहयोग, मोबाईल बैकिङ्ग,सदस्य सुरक्षा कार्यक्रम,सदस्यहरुलाई शिक्षा तथा तालिम, लघुवित्त सेवा, सामाजिक संस्कार खर्च सहयोग,प्राकृतिक प्रकोपमा सहयोग , ,वित्तीय साक्षरता,रकतदान, स्वास्थ्य शिविर जस्ता थुप्रै सेवाहरु प्रदान गर्दै आएको छ ।
२०८१ असार मसान्तसम्म संस्थामा सदस्यको आवद्धता ३८ हजार ६३५, शेयरपुँजी १५ करोड ९३ लाख, संस्थागत पुँजी १८ करोड १ लाख ४५ हजार, बचत निक्षेप १ अर्ब ९५ करोड २६ लाख संकलन गरी १ अर्ब ६८ करोड ९५ लाख ऋण लगानीमा रहेको उनले जानकारी दिए । सो अवधिमा संस्थाले ६४ लाख ६४ हजार खुद सञ्चालन बचत गरेको छ । चालु आर्थिक वर्ष २०८१र८२ का लागि कार्यक्रम प्रस्तुत गर्दै संस्थाले सदस्यता ३९ हजार ४०८, कोषहरु २६ करोड ६१ लाख, बचत २ अर्ब ९ करोड १३ लाख, ऋण लगानी २ अर्ब १२ करोड, ९३ लाख पुर्याउने लक्ष्य लिएको उनले जनाए ।
सो अवधिमा संस्थाले खुद सञ्चालन बचत ५ करोड ३९ लाख ६४ हजार पुर्याउने लक्ष्य लिएको छ । त्यसैगरी सदस्यहरुको सन्तुष्टि मुल्यांकन, सहकारी अवलोकन भ्रमण, उद्यमशीलता वृद्धि, साकोस एकरुपता प्रणाली तथा स्थिरिकरण कोषमा सहभागिता जनाउने, जिल्लाका ९ वटै पालिकासँग जनप्रतिनिधिसँग जनसचेतन कार्यक्रलाई निरन्तरता दिने, उपसमितिहरुलाई अभिमुखीकरण तथा सक्रिय गराउने लगायतको लक्ष्य वार्षिक कार्यक्रममा राखिएको छ।
संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक मिन प्रसाद दाहालले लेखा सुपरीवेक्षण समितिको तर्फबाट सुझावहरु पेश गर्दै उपसिमितिहरुको सक्रियता अनुसार २–२ वर्षमा पुनर्गठन गर्न उपयुक्त हुने, ऋण तिर्न सक्ने क्षमताका आधारमा ससानो र छोटो अवधिको ऋण लगानीलाई प्राथमिकता दिनुपर्ने, उद्यमशीलता, व्यवसायिकव विकास, क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्ने उल्लेख गरेका थिए।
२०५० सालमा स्थानीय जनताको आर्थिक तथा सामाजिक स्तर वृद्धि गर्ने उदेश्यले दोलखाका तत्कालिन केही गाविसहरु सुरु भएको उक्त जिल्लाको कार्यक्षेत्र अहिले ५ जिल्ला रहेको छ । सदस्यहरुको आर्थिक सामाजिक स्तर अभिवृद्धि गरी समुन्नत समाज विकास गर्ने लक्ष्य संस्थाको रहेको छ । संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्न निःशुल्क ए.बि.बि.एस. सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले कृषि र उद्यमशीलता विकासका लागि सहुलियत दरमा ऋण लगानी गर्ने भएको छ । सभाले नयाँ सञ्चालक समिती र लेखा सुपरीवेक्षण समिति समेत चयन गर्नु पर्ने भए पनि केही पदहरुमा निर्वाचन गर्नु परेकाले हाललाई स्थगित गरेको जनाएको छ ।
Comment