हाम्रो साकोसको २६औं वार्षिक साधारण सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हाम्रो साकोसको २६औं वार्षिक साधारण सम्पन्न



ललितपुर । हाम्रो बचत तथा ऋण सहकारी संस्था लि। को २६औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाका अध्यक्ष  शम्भु प्रसाद फुयालको अध्यक्षतामा सम्पन्न दोश्रो इकाई सभा तथा समापन कार्यक्रम शनिबार सम्पन्न भएको हो । 

सभाका प्रमुख अतिथि नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी संस्थाको जोखिम कम गर्नका लागि संघले कर्जा सुचना केन्द्र र कर्जा असुली न्यायधिकरण गठनका लागि गरेको पहलमा नेपाल सरकार र नेपाल राष्ट्र बैंक सकारात्मक भई तत्काल कार्यान्वयन हुने चरणमा पुगेको बताए । संस्थाको जोखिम कम गर्नका लागि सञ्चालक समिति र व्यवस्थापनको भूमिका महत्वपूर्ण हुने उनले जनाए । 

त्यसैगरी विशेष अतिथिको रुपमा शुभकामना दिदै बागमती प्रोस्कुनका महासचिव जिवसराज खड्काले अहिलेको विषम परिस्थितिमा सदस्यसँग अन्तरक्रिया र समुदायमा विभिन्न कार्यक्रम तथा खुल्ला छलफल सहित साधारण सभा सम्पन्न गर्ने सहकारी संस्थाहरुले नै समुदायका प्रतिनिधित्व गर्ने र दिगो रुपमा सञ्चालन हुने उल्लेख गरे । 

कार्यक्रममा संस्थाका अध्यक्ष फुयालले बागमती प्रदेश सहकारी मापदण्ड बमोजिम अध्यक्ष तथा संस्थाको सुशासन नीति बमोजिम संस्थाका सबै पदाधिकारी लगातार दुइ कार्यकाल भन्दा बढि निरन्तर बस्न नमिल्ने व्यवस्था अनुसररण गर्दै सरल रुपमा नेतृत्व परिवर्तन गरिएको जनाए । अध्यक्ष फुयालले आफ्नो कार्यकालका सहकर्मी समिति उपसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान समेत गरेका थिए।

कार्यक्रममा हाम्रो साकोस बौद्धिक उपभोक्ता सहकारी तथा टिकाभैरब नमुना कृषि सहकारी संस्था लि। बीच एकीकरण कार्यविधि पारित गरि तीन ओटा संस्थाका अध्यक्षले समेत हस्ताक्षर गरेका थिए । 

सभामा बागमती प्रदेश सहकारी संघ लि।का बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, बागमती प्रोस्कुनका महासचिव जिवसराज खड्का,  जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गार्खाली, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ  लि।का बरिष्ठ उपाध्यक्ष करुणरत्न बज्राचार्य अतिथिको रूपमा उपस्थित रहेका थिए । 

सभामा निर्वाचन समितिका संयोजकमा राजेन्द्र प्रसाद तिमल्सिना तथा सदस्यहरु मेदनाथ सापकोटा र निमनाथ फुयाल रहेको समितिले नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयनमा सहजिकरण गरेको थियो । 

सभाले श्यामकृष्ण घिमिरेको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र नारायण थापाको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित भएको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा कञ्चन बस्नेत, सचिवमा हरिप्रसाद बजगाइं, कोषाध्यक्षामा विदुरप्रसाद तिमल्सिना चयन भएका छन् भने सञ्चालक सदस्यमा कमल प्रसाद तिमल्सिना, दामोदर घिमिरे, प्रेम प्रसाद बजगाइं, राधिका विष्ट, लेख बहादुर श्रेष्ठ, रूपा खत्री, भरत घिमिरे, विदुर घिमिरे र मणिराज सञ्जेल रहेका छन् । त्यसैगरी लेखासमिति सदस्यमा नारायण पोखरेल र लक्ष्मी व्यञ्जनकार चयन भएका छन् ।

प्रकाशित : १२ कार्तिक २०८१, सोमबार १५:५१