आइएमई लाइफ इन्स्योरेन्सले माग्यो पाँच प्रदेशका लागि कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो पाँच प्रदेशका लागि कर्मचारी



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँच प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले पाँच प्रदेशका लागि ब्रान्च र सव ब्रान्च म्यानेजर माग गरेको हो ।

लुम्बिनी प्रदेशका लागि तुल्सीपूर, गुल्मी, लामही र सम्शेरगंजमा केही, बागमति प्रदेशको सिन्धुली शाखाका लागि केही, सुदुरपश्चिम प्रदेशका सुखड र वैतडी शाखाका लागि, गण्डकी प्रदेशको गलकोट र गैंडाकोटका लागि र कोशी प्रदेशमा सोलुखुम्बुको लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित : ८ कार्तिक २०८१, बिहीबार १०:२५