डलरको भाउले बनायो अर्को नयाँ रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

डलरको भाउले बनायो अर्को नयाँ रेकर्ड



काठमाडाैँ । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक ८ गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २४ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि बुधबार कात्तिक ७ गते अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८३ पैसा र खरिददर १३४ रुपैयाँ २३ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।

आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमयदर छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ३३ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ६८ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७४ रुपैयाँ ८८ पैसा र खरिद दर १७४ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ०५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ८ कार्तिक २०८१, बिहीबार ०७:२५