हाम्रो साकाेसका  सदस्यले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा १५ प्रतिशत छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाम्रो साकाेसका  सदस्यले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा १५ प्रतिशत छुट पाउने




काठमाडौ ।ग्राण्डी इन्टरनेशनल हस्पिटल र हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.बिच सहकारीका सदस्यहरुलाई १५ प्रतिशत सम्म उपचारमा छुट दिने सम्झौता सम्पन्न भएको छ ।

बालाजुमा रहेको संस्थाको सदस्य सेवाकेन्द्रमा आयोजित सदस्य विस्तारित मञ्चमा हस्पिटका अध्यक्ष दिपक कुवर र संस्थाका अध्यक्ष शम्भु प्रसाद फुयालले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतामा संस्थाले आफ्नको कार्यक्षेत्र भित्रका विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना तथा व्यवस्थापन  र अस्पतालले स्वास्थ्यकर्मी, औषधिलागयतको व्यवस्थापन गर्ने विषयहरुमा सहमती भएको छ ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार २१:४७