भीजी अटोमोबाइल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

भीजी अटोमोबाइल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता



काठमाडौं । नेपालका लागि सुजुकी दुई पाङ्ग्रे मोटरसाइकल तथा स्कुटरका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले एमएडब्लू हायर पर्चेज प्रालिसँग सम्झौता गरेको छ ।

एमएडब्लू हायर पर्चेजले देशभरिका भीजी सुजुकी दुई पाङ्ग्रे डिलर र आउटलेटहरू मार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्नेछ ।

सम्झौताबाट ग्राहकले छिटो र छरितो सेवाको साथ २४ महिनासम्म किस्ताबन्दीमा ईएमआई विकल्प मार्फत भुक्तानीका साथै सहज र सुलभ रूपमा फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्ने भीजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले जानकारी दिए ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार २०:२८