होन्डाले ल्यायो पहिलो ३०० सीसीकाे फ्लेक्स–फ्युल बाइक, मूल्य कति छ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

होन्डाले ल्यायो पहिलो ३०० सीसीकाे फ्लेक्स–फ्युल बाइक, मूल्य कति छ?



काठमाडाैं । हाेन्डा माेटरसाइकल र स्कुटर इण्डियाले आधिकारिक रूपमा नयाँ सीबी३००एफ(CB300F) फ्लेक्स-इन्धन बाइक सार्वजनिक गरेको छ । याे भारतको पहिलो ३०० सीसी फ्लेक्स-इन्धन मोटरसाइकल हो। यो बाइक सार्वजनिक गरेसँगै कम्पनीले यसको आधिकारिक बुकिङ पनि सुरु गरेको छ ।

हाेन्डा माेटरसाइकल र स्कुटर इण्डियाका खरीदकर्ताहरूले अब २०२४ हाेण्डा सीबी ३०० एफ फ्लेक्स फ्युलकाे हाेण्डाको बिनविङ डिलरशिपहरूमा बुक गर्न सक्छन् । यसको मूल्य एक लाख ७० हजार भारू (एक्स-शोरूम, दिल्ली) ताेकिएकाे छ।

नयाँ हाेण्डा सीबी३०० एफ कस्तो छ?

यसअघि, कम्पनीले भारत मोबिलिटी शोमा पहिलो पटक यो फ्लेक्स फ्युल बाइक प्रदर्शन गरेको थियो। यो बाइक इ८५ इन्धनमा चल्नेछ। अर्थात् यसमा प्रयोग हुने इन्धन ८५ प्रतिशत इथानोल र १५ प्रतिशत पेट्रोल हुनेछ । फ्लेक्स फ्युल इन्जिन बाहेक भने कम्पनीले यस बाइकमा कुनै परिवर्तन गरेको छैन । यस बाइकको लुक, डिजाइन र हार्डवेयर आदि पहिलेको जस्तै रहेको छ ।

यो बाइक धेरै हदसम्म स्ट्यान्डर्ड मोडलसँग मिल्दोजुल्दो छ । यसमा एलईडी हेडलाइट र मस्कुलर बडी वर्क देखिन्छ । यसको फ्रन्ट पहिलेभन्दा थप शार्प बनाइएको छ जसले यसलाई स्पोर्टी अपील प्रदान गर्छ।

यो बाइक दुई रङमा ल्याइएको छ । तीमध्ये रातो र खैरो रङहरू समावेश छन्। यसको डिस्प्लेमा इथानोल इन्डिकेटर पनि दिइएको छ ।

पावर र परफर्मेन्स

कम्पनीले यस बाइकमा २९३.५ सीसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन प्रयोग गरेको छ । यसले २४.५bhpको पावर र २५.९Nm को टर्क जेनेरेट गर्छ। यो इन्जिन ६ स्पीड ट्रान्समिसन गियरबक्ससँग जोडिएको छ । यो बाइकमा पहिले जस्तै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल एलईडी इल्युमिनेशन रहेको छ ।

कम्पनीले सीबी३००एफ (CB300F)मा एन्टि लक ब्रेकिङ सिस्टम (एबीएस) र ट्र्याक्सन कन्ट्रोल जस्ता सुविधाहरू समावेश गरेको छ। यसको अगाडि सुनौलो रङको अप-साइड-डाउन (USD) फोर्क सस्पेन्सन छ। मोनोशक सस्पेन्सन पछाडि उपलब्ध छ। यस बाइकको दुबै पाङ्ग्रामा सिंगल डिस्क ब्रेक उपलब्ध छ ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार ०७:१५