निफ्राले ६ प्रतिशत ब्याजमा ५ अर्ब ऋणपत्र जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निफ्राले ६ प्रतिशत ब्याजमा ५ अर्ब ऋणपत्र जारी गर्दै



काठमाडौं । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेड (निफ्रा)ले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ६% (२०८८÷८९)’ निष्कासन गर्ने भएको छ ।

कूल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र वार्षिक ६ प्रतिशत ब्याजदरको हुनेछ । बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात् कूल निष्कासन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ ।

प्रकाशित : १ कार्तिक २०८१, बिहीबार १९:५३