बाढी-पहिरो पीडितलाई जनउत्थान साकोसको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बाढी-पहिरो पीडितलाई जनउत्थान साकोसको सहयोग



रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा शनिबार (आज) सम्पन्न भएको छ ।

संस्थाले १० वटै सेवा केन्द्रमा असोज १२ गते साधारण सभा सम्पन्न गरेको थियो । शनिबार तिलोत्तमा-९, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राममा अन्तिम निर्णय प्रमाणित सभा गरी १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

जनउत्थान साकोसको तर्फबाट अविरल वर्षाको कारण बाढि पहिरोबाट धनजनको क्षति हुन गएकोमा सबै शेयर सदस्यहरुबाट १०/१० रुपैयाँ झिकेर प्रधानमन्त्री राहत कोषमा ४ लाख रुपैयाँ प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिएको छ ।

प्रकाशित : २० आश्विन २०८१, आईतवार ०७:५५