बुडोल सामुदायिक साकोसको अध्यक्षमा पुन: कैलाश केसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुडोल सामुदायिक साकोसको अध्यक्षमा पुन: कैलाश केसी



काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः कैलाश केसी चयन भएका छन् ।

शनिबार सम्पन्न संस्थाको २५ औं वार्षिक साधारण सभाले चार वर्षको लागि कैलाश केसीको नेतृत्वमा सञ्चालक समिति र पूर्णबहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्वारोध चयन गरेको हो ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा प्रकाश भुर्तेल, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम केसी, सह–सचिवमा गीता कुँवर क्षेत्री, सह-कोषाध्यक्षमा राधाकृष्ण श्रेष्ठ चयन भएका छन् । त्यस्तै सञ्चालक समितिको सदस्यहरुमा हरिराम कुइकेल, गायत्री खड्का, भवानी केसी, सुनिता मल्ल ठकुरी, अर्मेसा लामा चयन भएका छन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा शर्मिला नेपाल र श्री दिपक के.सी. चयन भएका छन् । संस्थाले २५औं वार्षिक साधारण सभा चाव वटा एकाईमा सञ्चालन गरेको थियो ।

चार वटै एकाईबाट छनोट भएर आएका प्रतिनिधि र निर्णय प्रमाणितकर्ताहरूको साथमा आज अन्तिम निर्णय प्रमाणित सभा भएको थियो । आर्थिक वर्ष २०८०/०८१ को अन्त्यमा संस्थाको कुल सम्पत्ति २ अर्ब ७६ लाख, कुल बचत १ अर्ब ५८ करोड ५ लाख , शेयर पुँजी १६ करोड ५७ लाख, लगानीमा रहेको ऋण १ अर्ब ३५ करोड ६१ लाख, संस्थागत पूँजी १६ करोड ६२ लाख र सञ्चालन मूनाफा ५ करोड ६२ लाख रहेको छ।

प्रकाशित : २० आश्विन २०८१, आईतवार ०७:२६