जनउत्थान साकोसको १९औं साधारण सभा सम्पन्न,अध्यक्षमा गिरी प्रसाद पुन निर्विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जनउत्थान साकोसको १९औं साधारण सभा सम्पन्न,अध्यक्षमा गिरी प्रसाद पुन निर्विरोध



रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाले १० वटै सेवा केन्द्रमा असोज १२ गते साधारण सभा सम्पन्न गरेको थियो । शनिबार तिलोत्तमा-९, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राममा अन्तिम निर्णय प्रमाणित सभा गरी १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

३१ जनाले सय/सय रुपैयाँ उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. को रुपमा संस्था दर्ता भएको थियो ।

जनउत्थान साकोस, पहुँच महिला साकोस, गौमुखी साकोस, बुद्ध बहुउद्देश्यीय सहकारी, पटाकसार साकोस, सुदृढ साकोस र सगोल महिला साकोस गरी हालसम्म ७ वटा सहकारीहरु एकीकरण भैसकेको छ । १९ वर्षको अवधिमा ३८ हजार सदस्यहरुबाट करिब ४०० करोड पुँजी संकलन गरेको छ ।

अन्तिम निर्णय प्रमाणित सभामा संस्थाको का.व. अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता एवं रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथी अर्यालले सहकारीमा सुशासनको बारेमा प्रशिक्षण समेत दिएका थिए । कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा नेफ्स्कून सञ्चालक ज्ञानु पौडयालले शुभकामना मन्तव्य राखेकी थिईन ।

कार्यक्रममा लेखा सम्बन्धि प्रस्तुतिकरण लेखा अधिकृत हरिबहादुर उचईले गरेका थिए भने त्यसमा सल्लाहकार ईश्वरचन्द्र पोख्रेलले टिप्पणी र पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक चेतराम पराजुलीले सहजकर्ताको भूमिका गरेका थिए ।

प्रविधि सम्बन्धी प्रस्तुतिकरण सूचना तथा संचार अधिकृत प्रकाश बुढाथोकीले गरेका थिए । कार्यपत्रमाथी लेखा सुपरिवेक्षण समिति संयोजक अनिल थापा श्रीसले टिप्पणी र उपसमिति सदस्य थम बहादुर सिञ्जालीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

सदस्य सेवा सम्बन्धी प्रस्तुतिकरण सहायक व्यवस्थापक सुरज जैसीले गरेका थिए भने त्यसमा संस्थापक अध्यक्ष मेखराज पुनले टिप्पणी र उपसमिति सदस्य रामेश्वर ढकालले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै ऋण सम्बन्धि प्रस्तुतिकरण ऋण अधिकृत रामनिवाश धोवीले गरेका थिए भने त्यसमा लुम्बिनी विश्वविद्यालयका लेक्चर शंकर प्रसाद शर्मा गौतमले टिप्पणी र सल्लाहकार खिम कुमारी रानाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

सक्सेसन प्लान र नेतृत्वमा आउन फिट एण्ड प्रोपर टेस्टको बारेमा प्रस्तुतिकरण व्यवस्थापक रन बहादुर थापाले गरेका थिए भने त्यसमा कानूनी सल्लाहकार शिवप्रसाद गौडेलले टिप्पणी र उपसमिति सदस्य सोम बहादुर थापाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा जनउत्थान साकोसको तर्फबाट अविरल वर्षाको कारण बाढि पहिरोबाट धनजनको क्षति हुन गएकोमा सबै शेयर सदस्यहरुबाट १०/१० रुपैयाँ झिकेर प्रधानमन्त्री राहत कोषमा ४ लाख रुपैयाँ प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिएको छ ।

त्यस्तै तिलोत्तमा सिटि न्यूजका सम्पादक मोहन न्यौपानेलाई यस वर्षको जनउत्थान सहकारी पत्रकारिता पुरस्कार २०८१ बाट सम्मान गरिएको छ । कार्यक्रममा फिल्ड सहायकको तर्फबाट अन्जु कुमारी चौधरी, कार्यालय सहायकको तर्फबाट सीता रजाली, सेवा केन्द्र प्रमुखको तर्फबाट जोग बहादुर थापालाई उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित पनि गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाको कोषाध्यक्ष विष्णुमाया कुवरले गरेकी थिईन थियो भने कार्यक्रमको सञ्चालन सचिव सरु रानाले गरेकी थिईन ।

सभामा सबै सेवा केन्द्र स्तरिय साधारण सभाबाट चयन भएका निर्णय प्रमाणित गर्ने प्रतिनीधिहरु, सबै सेवा केन्द्रका उपसमितिहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, कर्मचारीहरु गरि २३७ जनाको सहभागिता थियो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को ११.१८ करोड (शुद्ध मुनाफा) सहितको आय व्यय विवरण र आगामी आर्थिक वर्ष २०८१/८२ मा करिब १२ करोड शुद्ध मुनाफा र ४३५ करोड कुल वासलात पु¥याउने लक्ष्य सहितको अनुमानित आय व्यय सर्बसम्मत पारित गरेको छ । संस्थामा हाल ८७ जना कर्मचारीहरु कार्यरत छन् ।

जनउत्थान साकोसको अध्यक्षमा गिरी प्रसाद पुन

जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारण सभाले गिरी प्रसाद पुनको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र खुमाकान्त अधिकारीको संयोजक्त्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।

निर्विरोध निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सरु राना, सचिवमा अन्जु जैसी, कोषाध्यक्षमा निल प्रसाद पुन रहेका छन् । त्यस्तै सञ्चालक सदस्यहरुमा गंगा अधिकारी, विष्णुमाया कुवर, सीता बस्याल, खिम बहादुर राना, सफिउर्रहमान अन्सारी, भैर बहादुर थापा, जोग बहादुर सुर्यवंशी, पुरन बहादुर शाही र लिला कुमारी थापा छन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा राम बहादुर सोमरे र रुपा भण्डारी निर्वाचित भएका छन ।

प्रकाशित : २० आश्विन २०८१, आईतवार ०७:११