लामो साँघु बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लामो साँघु बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न



सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा रहेको लामो साँघु बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाईगत रुपमा सभा सम्पन्न गरेको हो । संसथाको बार्षिक सभा एकाई १ टेकानपुर सेवाकेन्द्र कार्यालय टेकानपुरमा आवद्ध सदस्यहरु माझ असोज ३ गते सम्पन्न भएको थियो ।

सभामा प्रमुख अतिथि भक्तध्वज बोहोरालगायत कालिका माविका प्राचार्य ऋषिराम पौडेल, बागमति प्रदेश सहकारी संघका संचालक कृष्ण सुवेदीले शुभकामना मन्तब्य राखेका थिए । त्यसैगरी एकाई २ को सभा संस्थाको मुख्य कार्यालय लामोसाँघुमा आवद्ध बलेफि, सुनकोशी, लिशंखुपाखर गाउँपालिका र बाह्रबिसे नगरपालिका भित्रका सदस्यहरुको उपस्थितिमा असोज ३ गते नै सम्पन्न भएको थियो ।

कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सभामा बलेफि गापा ८ का निवर्तमान अध्यक्ष चरिबहादुर तामाङ, श्री सेतीदेवी शारदा माविका प्राचार्य बासुदेव जिसी, सुनकोशी क्याम्पसका प्रमुख कृष्णप्रसाद आचार्य, सुनकोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले शुभकामना मन्तब्य राखेका थिए । अतिथिहरुले संस्था समुदायमा बसोवास गर्ने बिपन्न बर्गका ब्यक्तिहरुकोे उद्गम स्थलको रुपमा रहेको बताए ।

एकाईगत रुपमा सञ्चालन भएको उक्त सभाहरुमा अध्यक्षता संस्थाका उपाध्यक्ष सरला सुवेदीले र एकाई २ को अध्यक्षता, संस्थाका अध्यक्ष पुर्णचन्द्र ढकालले गरेका थिए । सभामा संस्थाको प्रतिवेदन, बित्तिय प्रतिवेदन संगै बार्षिक कार्ययोजना तथा बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, अध्यक्षको प्रतिवेदन र प्रस्तावहरु माथि छलफल गरि पारित गरिएको छ ।

संस्थाको १५ औं बार्षिक साधारण सभाको निर्णय प्रमाणिकरण सभा असोज ४ गते सम्पन्न भएको थियो । २०६५ सालमा स्थापित संस्थाले २०८१ अषाढ मसान्त सम्ममा १७ करोड ८ लाख बराबरको कुल सम्पति तथा दायित्व वासलात, ३ हजार ६१५ जना सदस्यहरु आबद्ध गराएको जनाइएको छ ।

संस्थाले ३६५ दिने सेवा अन्तरगत सार्वजनिक बिदाको दिनमा २ घण्टा सेवा दिंदै आएको जनाइएको छ । संस्थामा ७ जना कर्मचारीहरु कार्यरत रहेका छन । संस्थालाई नीति, बिधि र प्रविधिमा सञ्चालन गर्न आवश्यक योजनाहरु निर्माण गरि कार्यन्वयन गर्दै आगामी बर्ष ४ हजार २०० जना सदस्यहरु सहितको २० करोडको संस्था बनाउने प्रतिबद्धता सभाले गरेको छ ।

सभामा एकाई अनुसार टेकानपुर सेवाकेन्द्रमा कार्यरत कर्मचारी शान्ती थापा र संस्थाका संचालक समितिका सदस्य कृष्णबहादुर पराजुलीले स्वागत गरेका थिए भने ब्यबस्थापक रबिन बिक र विभागिय प्रमुख साजन लामा तामाङले कार्यक्रम संचालन गरेका थिए ।

प्रकाशित : ११ आश्विन २०८१, शुक्रबार १७:१७