एक महिनामा १ अर्ब ८३ करोड बराबरको बोनस सेयर थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एक महिनामा १ अर्ब ८३ करोड बराबरको बोनस सेयर थप



काठमाडाैं । सेयर बजारमा१ अर्ब ८३ करोड कित्ता बरारबको बोनस सेयर थपिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तिीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार चालु आवको साउन मसान्तमा सूचीकृत ८ अर्ब ३४ करोड सेयरको चुक्ता मूल्य रु.८२६ अर्ब ५२ करोड रहेको छ ।

२०८१ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० साउनमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।

२०८१ साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४७६५ अर्ब ९१ करोड कायम भएको छ । २०८० साउन मसान्तमा बजार पुँजीकरण रु.३०४३ अर्ब १ करोड रहेको थियो ।

प्रकाशित : १० आश्विन २०८१, बिहीबार १४:३७