आभाष साकाेसको १५ औं साधारण सभा, नयाँ सञ्चालक समिति चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

आभाष साकाेसको १५ औं साधारण सभा, नयाँ सञ्चालक समिति चयन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काभ्रे । आभाष बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यको सहजताको लागि इकाईगत रुपमा साधारण सभा गरी भदौ ५ गते समापन गरेको हो । 

संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको अध्यक्षता एवं बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा संस्थाको प्रमुख सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यको विशेष आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । संस्थाका  अध्यक्ष  कायष्ठले संस्थाले नाफालाई मात्र ध्यान नदिई सामाजिक कार्य समेत गर्दै आएको बताए ।‘स्वस्थ र समुनत समाज र लैगिक समानता’ भन्ने नारलाई आत्मसात गर्दै संस्थाले छोरी अभियान  सञ्चालन गरेको बताए ।

संस्थाले उक्त कार्यक्रम अन्तरगत नयाँ बर्ष र संस्थाको बार्षिक उत्सव अर्थात मंसिर १४ गते शिर मेमोरियल अस्पताल बनेपामा जन्मने पहिलो छोरीलाई आर्थिक सहयोग गर्दै आएको छ । २०७४ सालबाट छोरी अभियान सञ्चालन  गरेको  र  प्रत्येक नयाँ बर्ष र संस्थाको बार्षिक उत्सवका दिन शिर मेमोरियल अस्पतालमा जन्मेका पहिलो छोरीहरुलाई १० हजार प्रदान गर्दै आएको  उनले जनाए । त्यसैगरी संस्थाले आभाष सदस्य सुरक्षा कार्यक्रम सञ्चालन गरको र गत आर्थिक बर्षमा ११४ जना सदस्यलाई विभिन्न रोगको उपचार गर्न ८ लाख ४६ हजार  आर्थिक सहायता प्रदान गरेको  सभामा जानकारी दिइयो । केही सहकारी संस्थाले अस्वस्थ प्रतिस्पर्धा गरेर बचतमा बढी ब्याज दिने  र बढी ब्याजमा जथाभावी ऋण लगानी गरेका कारण अहिलको समस्या आएको उनको भनाई छ ।

 आभाष सहकारीको सिद्धान्त अनुसार सञ्चालन  भई  वित्तीय पारदर्शिता  कायम गर्दै  सदस्यको बचतको सुरक्षित रहेको अध्यक्ष कायष्ठले बताए । संस्थाको कारोबारलाई चुस्त, दुरुस्त र पारदर्शि बनाउन प्रविधि प्रयोगलाई समेत बढाएको र सोही अनुसार कर्मचारी व्यवस्थापन गरको उनले सभामा बताए । संस्थाका सचिव प्रकाश कायष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत बर्षमा गरेका गतिविधिहरुका बारेमा  सभामा जानकारी गराए ।

 कोषाध्यक्ष धर्मभक्त प्रधानले आर्थिक बर्ष २०८०/८१ आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै कुल कारोबार ८४ करोड ३१ लाख पुगेको र कुल सम्पत्ति १४.६४ प्रतिशतले वृद्धि भएको बताए । त्यसैगरी शेयर पुँजी ३ करोड ७६ लाख ६३ हजार,बचत संकलन ७२ करोड ७३ लाख ४६ हजार र ऋण लगानी ६२ करोड ४१ लाख १४ हजार पुगेको उनले जनाए । संस्थाले गत आ.व. मा ५५ लाख २२ हजार सरकारलाई कर बापतको रकम बुझाएको छ । संस्थाको जगेडा कोषमा २ करोड ६३ लाख ४४ हजार र जोखिम कोषमा ३ करोड २८ लाख ३५ हजार छुट्याएको छ । गत आ.व. मा संस्थाले ५६ लाख ५३ हजार खुद नाफा आर्जन गरेको छ ।  

संस्थाले ४७ वटा महिला समुह गठन गरेको छ भने उनीहरुका लागि सीपमूलक तालिमका साथै स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । संस्थाले दुईवटा सेवा केन्द्र र मुख्य कार्यालयबाट सदस्यहरुलाई वित्तीय सेवा दिँदै आएको सस्थाको प्रमुख कार्यकारी अधिकृत सुवास बैधले जानकारी दिए।

साधारण सभाले  आगामी चार बर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले ग्रुवेन तौजलेको अध्यक्षतामा नयाँ संचालक समिति निर्विरोध निर्वाचित गरेको  हो। समितिको उपाध्यक्षमा प्रकाश कायश्थ, सचिवमा धर्मभक्त प्रधान, कोषाध्यक्षमा सुर्यकुमार रजिंत  निर्वाचित भएका छन् ।

संचालक समितिको सदस्यहरुमा शुभराज जोशी, त्रिरत्न रञ्जितकार, कृष्णभक्त मुनंकर्मी, सुरेन्द्रकाजी मानन्धर, सुन्दरकाजी मानन्धर, राजन कायश्थ र निर्मला श्रेष्ठ रहेका छन् । त्यस्तै लेखा सुपरीवेक्षण  समितिको संयोजकमा विकास बैद्य र सदस्यहरुमा सरोजकाजी पलाञ्चोके र हिरामणी शर्मा तिमल्सिना रहेका छन् ।

प्रकाशित : ९ आश्विन २०८१, बुधबार १५:३३ 25 September, 2024 3:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।