पोखरा रोयलद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पोखरा रोयलद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट



काठमाडौ ।पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकम बाँडफाँट गरेको छ । संस्थाले २३औं वार्षिक साधारण सभा सम्पन्न गरेकै दिन (७ गते सोमबार) कोषको रकम बाँडफाँट कार्य सम्पन्न गरेको हो ।

सहकारी ऐन २०७४ तथा नियमावली २०७५ मा सदस्यले संस्थामा जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याज रकमको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गर्नुपर्ने व्यवस्था छ ।

आर्थिक वर्ष २०८०/८१ मा पोखरा रोयलको संरक्षित पूँजी फिर्ता कोषमा ९२ लाख १५ हजार ७ सय ८० रुपैयाँ ३५ पैसा जम्मा भएको थियो । यस वर्ष संस्थाले बचततर्फको कारोबारमा २.१३ प्रतिशत र ऋण तर्फको कारोबारमा २.२३ प्रतिशत वितरण गरेको हो ।

उक्त रकम सदस्यको बचत खातामा जम्मा गरिएको संस्थाका मुख्य प्रबन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए । साथै साधारण सभाबाट पारित भएको ९.४८ प्रतिशत शेयर लाभांश पनि सदस्यलाई वितरण गरिसकेको ढकालले जानकारी दिए ।

सहकारी नियमावली २०७५ मा ऋणको भाखा नघाएको सदस्यलाई त्यस्तो ऋणमा तिरेको ब्याजको आधारमा संरक्षित पूँजी फिर्ता नदिइने उल्लेख छ ।

पोखरा रोयलले यस वर्ष ४ करोड ९१ लाख ५० हजार ८ सय २८ रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

प्रकाशित : ९ आश्विन २०८१, बुधबार १३:०६