बजाजका ग्राहकले क्यास अफरसहित १० तोला चाँदी जित्नसक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

बजाजका ग्राहकले क्यास अफरसहित १० तोला चाँदी जित्नसक्ने



काठमाडौँ । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ।

दसैं तथा दीपावलीको अवसर पारेर बजाजले यही असोज ७ देखि १२ गतेसम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

ग्रान्ड कार्निभल अन्तर्गत ग्राहकहरुले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टी साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन् । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्नेछन् ।

यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाइक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन् ।

प्रकाशित : ८ आश्विन २०८१, मंगलवार १४:३१