काठमाडौँ २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले बहुराष्ट्रिय मोवाइल सेवा प्रदायक एनसेल प्रालिबाट पुँजीगत लाभकर उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सांसदको जिज्ञासाको जवाफ दिँदै सरकार एनसेलबाट छिटो भन्दा छिटो लाभकर असुल गर्न तयारी गिररहेको स्पष्ट पारे । राज्यले एनसेलबाट कर उठाएर विवाद टुङाउने स्पष्ट पार्दे उनले भने, “सरकार कर उठाउनमा कुनै द्विविधामा छैन् ।”
लाभकर असुल नगरी बिक्रेता कम्पनी छाड्ने विषय गम्भीर भएको बताउँदै उनले भने, “१२ पटकसम्म एनसेल बिक्री हुँदा पनि लाभ कर असुल भएको रहेनछ, यो गम्भीर विषय हो ।”
Comment