आशा लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आशा लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपशि वितरण हुनेछ।

प्रकाशित : ६ आश्विन २०८१, आईतवार १०:४४